नवौं राष्ट्रिय खेलकुद: पुरुष बास्केटबलमा आर्मी र गण्डकीको सहज जित
पाेखरा | असोज ३१, २०७९
पोखरा । गण्डकी प्रदेशको पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष बास्केटबल तर्फ सोमबार भएको खेलमा आर्मी र गण्डकी विजयी भएको छ । पोखरा रगंशालामा सोमबार सम्पन्न ‘फाइभ अन फाइभ’ बास्केटबल प्रतियोगिता अन्तर्गत समुह ‘ए’ तर्फको पहिलो खेलमा आर्मीले पुलिसलाई पराजित गरको हो । आर्मी र पुलिस क्लबबिच भएको खेलमा आर्मीले पुलिसलाई १०६–८२ स्कोरले पराजित गरेको हो ।
खेलको पहिलो सेटमा २६–२९ स्कोर र दोस्रो , तेस्रो, चौथोमा क्रमशः ३३–१९, २७–१३, २०–२१ अङ्क ल्याएको थियो । आर्मीलाई जिताउन आयुश सिङ जर्सी न ४ ले सर्वाधिक ३२ अकं ल्याएका थिए ।
त्यस्तै समुह ‘ए’ तर्फको दोस्रोे खेलमा बागमतीले प्रदेश १ लाई ८७–४४ स्कोरले पराजित गरेको छ । बागमतीका खेलाडी प्रजुन महर्जनले हाइस्कोर २२ अङ्क जोडेका थिए ।
आजनै सम्पन्न ‘थ्रि अन थ्रि’ खेल तर्फ समुह ‘ए’ तर्फ एपिएफले प्रदेश १ लाई २१–१० स्कोरले पराजित गरेको हो । दोस्रो खेलमा नेपाल पुलिसले मधेश प्रदेशलाई १९–७ स्कोरले पराजित गरेको छ ।
त्यस्तै आज नै सम्पन्न समुह ‘बि’ तर्फको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई २१–३ स्कोरले पराजित गरेको हो । त्यसैगरी दोस्रो खेलमा बागमतीले २१–१२ स्कोरले पराजित गरेको हो । आज दिउँसो ‘फाइभ अन फाइभ’ अन्तर्गत समुह ‘बि‘ का दुई खेलहरु हुँदै छन ।
काठमाडौं: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा केन्द्रीत हुन नेपाली कांग्रेसले देशका ७७ वटै जिल्ला सभापति र क्षेत्रीय कार्यसमितिलाई परिपत्र गरेको छ । विशेष महाधिवेशनमा सहभागी भएका सबैला...
काठमाडौं: हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार मङ्गलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा सा...
काठमाडौं: नेपाल राष्ट्र बैंकले निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्ने प्रबन्ध मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । निर्वाचन आयोगको अनुरोधपछि केन्द्रीय बैंकले एक पत्रमार्फत बैंक खाता खोल्ने ...

